हाम्रो शरीरमा दुईवटा मृगौलाहरु पछाडी पट्टि, ढाडको दुवैतर्फ, तल्लो करंगको हड्डी नजिक रहेको हुन्छ। मृगौलाले प्रत्येक second जिन्दगिभर रगत छानेर रगतमा धेरै भएको खनिज, पानी र अन्य खराब तत्वहरु बाहिर निकाल्छ। दुवै मृगौलाबाट ओर्लिएको नली (अर्थात् ureter) हुँदै पिसाब पिसाब-थैलीमा (badder मा) आउछ र त्यसपछि पिसाब नली (अर्थात् urethra) हुँदै बाहिर निस्कन्छ।

यदि तपाईंले लामो समयसम्म पानी कम पिउनु भयो, वा घरबाहिर धेरै काम गर्नु भो वा गर्मि हुने ठाउँमा बसाईं सराई गर्नु भो भने तपाईंको मृगौलामा खनिजको मात्रा ज्यादा थिग्रिन्छ र ति खनिज नजिक-नजिक भए भने जोडिएर पत्त्थर बन्ने सम्भावना अधिकतम हुन्छ। निकै मसिना पत्त्थरहरु बन्ने, थाहा नपाई बाहिर निस्कने र खासै समस्या नदिने प्रक्रिया धेरैकोमा जिन्दगिभर नै चल्छ तर प
त्त्थरको आकार बढ़दै गएर बारम्बार दुख्ने, पिसाबमा समस्या हुने प्रक्रिया करिब १०% मानिसलाई हुने गर्छ।
त्त्थरको आकार बढ़दै गएर बारम्बार दुख्ने, पिसाबमा समस्या हुने प्रक्रिया करिब १०% मानिसलाई हुने गर्छ।पत्त्थर आँफैले मृगौलालाई कुनै असर गर्दैन। तर यदि अलि ठुला खाले पत्त्थरको कारण पिसाब रोकिएर मृगौला तर्फ पिसाब फर्कन थाल्यो भने थिग्रिएको पिसाबमा किटाणु हुर्किएर निकै जटिल समस्या दिन सक्छ। यदि ठुलै पत्त्थर रहेछ भने मृगौलाबाट तल ओर्लिएको नलीमा धकेलेर अति नै दुखाउने गर्छ। जुन भागमा पत्त्थर अड्किएको छ सोहि भाग वरपर दुखाउने गर्छ।
मुख्यतय पांच किसिमका पत्त्थरहरु मृगौलामा बन्ने गर्छ। ति मध्य सबैभन्दा धेरै calcium बाट बन्ने पत्त्थरहरुको संख्या करिब ८०% हुने गर्छ। पत्त्थर अनुसार उपचार विधिमा फरक पर्न सक्छ। त्यसैले यदि तपाईंलाई मृगौलामा पत्त्थर छ भने कुन खालको खनिजले बनेको छ भनेर जान्न निकै आवश्येक पर्छ। २४ घण्टाको पिसाब जम्मा गरेर lab test गर्दा कस्तो खालको पत्त्थर हो भनेर पत्ता लाग्छ।

करिब ५-७ mm सम्मका पत्त्थरहरु धेरैको case मा आँफै निस्कन्छन। जति ठुलो आकार भयो निस्कन उत्तिकै गार्हो हुँदै जान्छ। एक पटक पत्त्थर बनेपछि अर्को ४ सालमा, ७ सालमा पुन अर्को पटक पनि पत्त्थर देखिने सम्भावना धेरै रहन्छ।
उपचार बिधि:-
यदि x-ray र ultrasound वा CT scan गर्दा करिब ८-१० mm सम्मको पत्त्थर देखिएको छ भने निम्न कुरामा ध्यान दिनु पर्छ।
#१; दिनको २-३ लिटर पानी पिउनु पर्छ। पानी प्रसस्त पिएर पिसाब पातलो बनाउन सकियो भने मृगौलामा पत्त्थर बन्ने खनिजका कणहरु नजिक आउन पाउंदैन र पत्त्थर बन्न पाउंदैन। पत्त्थर बनिसकेको भए पनि धकेलेर बाहिर निकाल्न पानी भन्दा राम्रो औषधि छंदै छैन।
#२; पिसाब नली हल्का खुकुलो पार्ने औषधिको (tamsulosin) प्रयोग गर्न सकिन्छ जसले गर्दा अप्ठ्यारा पत्त्थरहरुलाई ओर्लन सजिलो हुन्छ।
#३; Uric Acid बाट बन्ने पत्त्थर थप बन्न नदिन र बनिसकेकोलाई पगाल्न औषधिहरुको (allopurinol, potassium citrate) प्रयोग गर्न पनि सकिन्छ। Calcium बाट पत्त्थरहरु धेरै बन्ने गरेका छन् भने पिसाबमा calcium को मात्रा कम हुने औषधि (HCTZ) प्रयोग गर्न सकिन्छ ।
#४; यदि अचानक दुख्न थाल्यो भने pain killer खान सकिन्छ। तर दुखाई अति नै भयो, वाक्वाक्ति हुन थाल्यो, काम ज्वरो आउन थाल्यो वा पिसाबमा रगत देखिन थाल्यो भने पत्त्थरको कारण पिसाब थिग्रिएर किटाणु हुर्कनाले मृगौलामा infection फैलिएको अनुमान गर्न सकिन्छ। यस्तो बेलामा समय नकुरी hospital जानुपर्छ। समयमा उपचार नगरे ज्यान समेत जान सक्छ।
#५; करिब २ cm सम्मको पत्त्थरलाई Extracorporeal shock wave lithotripsy (ESWL) प्रबिधिद्वारा shock wave ले टुक्राउन सकिन्छ। मसिनो टुक्रा भएपछी पिसाब हुँदै आँफै बाहिर निस्कन्छ। यो प्रविधिमा पत्त्थरलाई टुक्रा पार्दा यदि पत्त्थरको एउटा मात्र टुक्रा करिब १cm जत्रो रह्यो भने पुन दोहोर्याउनु पर्ने अन्य बिधिबाट निकाल्नु पर्ने हुन सक्छ।
#६; पिसाब नली हुँदै scope लगेर laser प्रबिधिद्वारा पत्त्थर टुक्राउने र सबै पत्त्थर बाहिर निकाल्ने पनि गर्न सकिन्छ। यसो गर्दा १-२ दिन hospital मा bleeding हुन्छ कि भनेर observation को लागि बस्नु पर्ने हुन सक्छ।
#७; कुनै उपाय नलागे शल्यक्रियाद्वारा (percutaneous nephrolithotomy गरेर) ठुला पत्त्थरलाई laser प्रयोग गरेर फुटाएर बाहिर निकाल्नु पर्ने हुन सक्छ। यो प्रक्रिया गरेपछि केहि दिन hospital बस्ने र १-२ हप्ता घरमा आराम गर्नु पर्ने हुन्छ।
#८; सबै भन्दा धेरै बन्ने पत्त्थर calcium र oxalate बाट बनेको हुन्छ। त्यसैले बजारमा पाउने Calcium supplement औषधिको रुपमा आँफुखुसि लिनु हुँदैन तर प्राकृतिक रुपमै calcium पाउने calcium युक्त खानाहरु भने खाँदा केहि फरक पर्दैन। Oxalate पाउने खानाहरु जस्तै बदाम, rhubarb, साग, chocolate, सखरखण्ड आदि प्रशस्त खाने गर्नु हुन्छ भने calcium युक्त खानाहरु संगै एकै पटक खानुस जसले गर्दा calcium oxalate पेटमै बनिदिन्छ र आन्द्रा हुँदै बाहिर निस्कने सम्भावना बढ्छ र रगत हुँदै मृगौला पुगिहाल्यो भने पनि पहिल्यैनै निकै मसिना calcium oxalate बनिसकेको कारण मृगौलामा थप reaction processing हुन पाउंदैन र size पनि निकै मसिना हुनाले पिसाब हुँदै सजिलै बाहिर निस्किन्छ।
#९; पत्त्थरको size थप बढ्न नदिन र थप अन्य नयाँ पत्त्थरहरु बन्न नदिन दैनिक खानामा नुनको मात्रा कम गर्नु पर्छ। याद गर्नुस, धेरै जसो गुलियो खानेकुरामा पनि प्रसस्त नुन राखिएको छ। नुन (sodium) संगै calcium पनि पछि पछि लाग्ने हुँदा नुनको कारण रगत र मृगौला हुँदै पिसाबमा calcium आएर थिग्रिएर बसिदिने सम्भावना बढ्छ।
#१०; कागती, orange juice जस्ता अमिला जातका फलफूल र फलफूलको juice पाइने Citrate ले प्राय calcium oxalate बाट बन्ने पत्त्थर बन्न दिंदैन। Calcium र oxalate मिलेर हुने पत्त्थर बन्ने प्रक्रियामा citrate villan भैदिन्छ, calcium संग गएर जोडिदिन्छ अनि पत्त्थर बन्न दिंदैन।
#११; मृगौलामा पत्त्थर भइराख्नेले मासु पनि कम खाने गर्नुपर्छ। मासुबाट बन्ने uric acid को कारण uric acid पत्त्थर बन्ने सम्भावना धेरै हुन्छ।
र अन्तिममा पुन: मृगौलाको पत्त्थरलाई पानी भन्दा राम्रो औषधि नै छैन।
डा.कल्याण सुवेदी, DNP, PMHNP अभ्यास: लेक्सिंगटन, केन्टकी, संयुक्त राज्य अमेरिका विशेषज्ञता: बच्चा र वयस्क मनोरोग


