चितवन – भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसान्धान आयोग हेटौडाको टोलीले छापा मारेको छ । अनियमितता भएको आशंकामा आयोगले छापा मरेको हो । अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

रातको समयमा कर्मचारीले सामान ओसारेको सीसीटीभी फुटेज बाहिरिएपछि सामग्रीको अनियमितता भएको आशंका पनि गरिएको छ । अस्पतालमा कार्यरत कर्मचारीले सामान चोरी गरेको आरोप लागेको छ । आरोप लागेपछि भरतपुर कोरोना नियन्त्रण कार्यदलले छानबिन समिति समेत बनाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख शिवकुमार कार्कीको नेतृत्वमा आएको टोलीले अस्पतालका कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक चरणको अनुसन्धान सुरु भएको जानकारी दिँदै उहाँले कागजपत्र संकलन गर्ने काम भएको जानकारी दिनुभयो ।

छानबिन समितिका अध्यक्षद्वारा राजीनामा

छानबिन समितिका संयोजक उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले आफूले काम गर्नुअघि नै घटनाका सम्बन्धमा राजनैतिक हिसाबले टिकाटिप्पणी र सूचना आदानप्रदान भएकोले गैर राजनैतिक संस्था उद्योग संघको अध्यक्षको हैसतले उक्त समितिमा रहेर काम गर्नु संघको भावना विपरीत हुने भन्दै राजीनमा दिएको बताउनुभएको छ । उज्यालो अनलाइन बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah