मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ-मन प्रफूल्लित रहनेछ , शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ,अनावश्यक झमेलामा फसिने सम्भावना छ , मानसिक तनाव बढ्ने छ , पारिवारिक कलहको सम्भावना,आजको शुभ अंक ८ रहेको छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो-धार्मिक कार्यमा मन लाग्नेछ , लामो दूरीको यात्रा नगर्नुहोला ,प्रेममा सफलता मिल्नेछ , आकस्मिक धन प्राप्तिको योग छ ,स्वास्थ्यमा समस्या देखिनेछ , पति–पत्नीबीच विवाद होला,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह-अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना छ, घरायासी कलह बढ्ने योग छ , चोटपटक लाग्न सक्छ, वादविवाद हुने सम्भवान छ , आलोचना गर्नेहरु प्रशस्त हुनेछन् , आजको शुभ अंक १ रहेको छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो-स्वास्थयमा समस्या देखिन सक्छ , वैदेशिक यात्राको योग छ , व्यापारमा हानी हुने योग छ , राजनीतिमा शुभ देखिन्छ , सामाजिक कार्यबाट लाभ मिल्नेछ , आकस्मिक धनमालको लाभ हुने योग छ ,आजको शुभ अंक ११ रहेको छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे- बोलीको प्रभाव बढ्ला ,जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,पारिवारिक साथ सहयोग मिल्नेछ, आर्थिक लाभको सम्भावना छ , मिष्ठान्न भोजन हुनेछ ,आजको शुभ अंक १२ रहेको छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो- अध्ययनमा बाधा आउँला, शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ,जागिरमा पदोन्नतति होला, व्यापारमा फाइदा हुने देखिन्छ , प्रेम सफल हुनेछ ,आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला,आजको शुभ अंक ७ रहेको छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते- अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ, दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ, अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ, आजको शुभ अंक ८ रहेको छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु- समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ, दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ, आम्दानीका स्रोत बढ्नेछन्,बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ, आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ,साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला, हडबडीले समस्या निम्त्याउन सक्छ,आजको शुभ अंक १० रहेको छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि- उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ, गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, प्रतिस्पर्धीहरू पछि पर्नेछन्, दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला, आजको शुभ अंक ६ रहेको छ।
कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द- समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्, बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ, परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला,आजको शुभ अंक ९ रहेको छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि- कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ,अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला, दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ,आजको शुभ अंक ५ रहेको छ। दिब्यज्योतिष बाट साभार गरेको



