कोरोनाभाइरस संक्रमणका कारण संसारै अहिले ठप्प छ । संक्रमण फैलिन नदिनका लागि अनेकौं देशमा लकडाउन लगाइएको छ । केही देशले लकडाउन खुकुलो बनाउँदै लगेका छन् तर स्थिति सामान्य बनिसकेको छैन ।

भयंकर भीडभाड हुने ठाउँहरू अहिले खाली छन् । विद्यालय र आवागमन सबै बन्द छन् । संसारका सबै व्यक्ति यसबाट कुनै न कुनै रूपमा प्रभावित छन् ।

यस रोगका विरुद्ध विश्वव्यापी प्रतिक्रिया बेजोड छ । तर यो कहिले सकिन्छ र मानिसहरू कहिले सामान्य अवस्थामा फर्किन पाउँछन् भनी प्रश्न उठिरहेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अबको १२ हप्तामा देशले यसमाथि विजय पाउने बताएका छन् । अबको तीन महिनामा कोरोनाभाइरसको केस घट्ने भए पनि यसलाई निर्मूल पार्न चाहिँ निकै समय लाग्नेछ । तर सबै कुरा ठप्प पार्ने नीति लामो समयसम्म लग्न सम्भव छैन । यसको सामाजिक र आर्थिक नोक्सानी विध्वंसकारी छ । संसारका धेरै देशले चरणबद्ध तरिकाले लकडाउन हटाइरहेका छन् तर यसका विषयमा कुनै एक्जिट स्ट्राटेजी (बाहिरिने रणनीति) छैन ।

तर प्रतिबन्ध हटाइएमा भाइरस फर्किन थाल्छ र केसहरू बढ्न सक्छन् । एडिनबरा विश्वविद्यालयका महाव्याधिविद् मार्क वूलहाउस भन्छन्, ‘यसबाट कसरी पार पाउने हो भन्ने विषयमा बाहिरिने रणनीति बनाउन समस्या छ ।’

यस संकटबाट मुक्त हुने तीनवटा उपाय छन् ः खोप, प्रतिरोधक क्षमताको विकास र सामाजिक व्यवहारमा स्थायी परिवर्तन ।

यी तीनै उपायले भाइरसको फैलिने क्षमतालाई घटाउँछन् ।खोपले शरीरलाई रोग लाग्न नदिन प्रतिरोधक क्षमता दिन्छ । लगभग ६० प्रतिशत जनसंख्यालाई रोगबाट मुक्त गर्नका लागि प्रतिरोधक क्षमता विकसित गर्ने कामलाई हर्ड इम्युनिटी भनिन्छ । खोपमाथिको अनुसन्धान अभूतपूर्व गतिमा अघि बढिरहेको छ तर यो सफल हुनेमा कुनै ग्यारेन्टी छैन । अनि विश्वभरि खोप पुर्‍याउन सकिनेमा पनि शंका छ ।

सबै कुरा मिल्दै गयो भने सन् २०२० को अन्त्यसम्ममा खोप बनिसक्ने अपेक्षा छ । तर अनेकथरी नियन्त्रणमा बस्न बाध्य भएका मानिसका लागि यो निकै लामो समय हो । प्राध्यापक वूलहाउस खोपको प्रतीक्षा गर्नुलाई रणनीति भन्न नमिल्ने तर्क गर्छन् ।

कोरोनाभाइरसबाट संक्रमित भएर नजानिकनै मानिसहरूको प्रतिरोधक क्षमता बढ्न सक्छ तर यसका लागि वर्षौं लाग्न सक्छ । तर प्रतिरोधक क्षमता कहिलेसम्म रहन्छ भन्ने प्रश्न पनि छ । ज्वरोको लक्षण देखाउने अन्य प्रकारका कोरोनाभाइरस पनि कमजोर प्रतिरोधक क्षमता भएकाहरूलाई नै  आक्रमण गर्छन् । एकचोटि कोरोना लागेकाहरूलाई फेरि पनि कोरोना लाग्ने सम्भावना बढी हुन्छ ।

सामाजिक व्यवहारमा परिवर्तन चाहिँ राम्रो उपाय हो । यसअन्तर्गत कडा परीक्षण र रोगीहरूलाई अलग्गै राख्ने काम गर्नुपर्छ । बेलायतका प्रमुख चिकित्सा सल्लाहकार क्रिस विटीले चाहिँ खोप आयो भने मात्र कोरोनाभाइरसबाट मुक्ति पाइने र त्यो छिटो बन्ने अपेक्षा गरेको बताए ।

बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah