वि.सं.२०७७ वैशाख -२७,शनिवार, ई.सं. २०२० मे -९ , शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,वसन्त,ज्येष्ठ कृष्णपक्ष तिथि-द्वितीया , १३:०८ बजे उप्रान्त तृतीया,नक्षत्र-अनुराधा , ०९:२० बजे उप्रान्त ज्येष्ठा,योग-परिघ , १२:३० बजे उप्रान्त शिव,करण-गर १३:०८ बजेदेखि वणिज , २४:२१ बजे उप्रान्त वालव,चन्द्रराशि-वृश्चिक,आनन्दादि योग-अमृत, सूर्योदय-५:२१, सूर्यास्त- १८:४२,दिनमान-३३ घडी २२ पला l
मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला,अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ,कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला, पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ,आजको शुभ अंक १२ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला, स्वास्थ्य पनि कमजोर बन्नेछ,विगतका समस्या बल्झिन सक्छन्, प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला,आजको शुभ अंक १ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)–अनावश्यक वादविवादमा परिएला, छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ,अघि-पछि भन्दा अलि बढी खर्च हुने खालको दिन रहेको देखिन्छ,बोलीकै भरमा पनि काम सम्पादन हुनेछन्,आजको शुभ अंक ११ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–सानातिना कामको झमेला आउनसक्छ, प्रतिस्पर्धी परास्त होलान्,काम गरेरै धेरैलाई प्रभावित पार्न सकिनेछ, मुद्दा–मामिलामा पनि विजयी भइनेछ,परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–काममा विघ्नबाधा उपस्थित हुन सक्छन्, स्वास्थ्य पनि कमजोर बन्नेछ, हातमा आएको प्रतिफल गुम्न सक्छ, चुनौतीहरू सजिलै पार लाग्नेछन्, बोलीकै भरमा पनि काम सम्पादन हुनेछन्,आजको शुभ अंक १० रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)–आलोचनाको सिकार भइएला, धैर्यले काम लिने समय छ,काममा उत्साह थपिनेछ, एका बिहानै शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ, निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ,विगतका समस्या बल्झिन सक्छन्, काममा विघ्नबाधा उपस्थित हुन सक्छन्, स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला छ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –परिवारमा केहि खटपट हुनेछ,फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ,शारीरिक थकान वा आलस्य जाग्नेछ, पुरानै काम गरिराख्नु नै उचित होला, विगतका समस्या बल्झिन सक्छन्,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) –रचनात्मक काम तिर धेरै मन जाने देखिन्छ, अधुरा कामहरु पूर्ण हुनेछन्, विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ, कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला,आजको शुभ अंक ३ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)–उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा अप्ठ्यारो पर्ला,विगतका समस्या बल्झिन सक्छन्, साँझपख कलहको योग छ, निर्णायक क्षमतामा कमी आउला,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) –स्वास्थ्यमा सुधार होला, काममा उत्साह थपिनेछ, सरकारी कामको मध्यमबाट धेरै प्रगति हुनेछ,रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ, मन डराउने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ,विगतका समस्या बल्झिन सक्छन्,आलोचनाको सिकार भइएला,पढाइलेखाइमा त्यत्ति ध्यान दिन नसकिएला, स्वास्थ्य पनि कमजोर बन्नेछ,आजको शुभ अंक ५ रहेको छ।



