मेष – धार्मिक भावना आउनेछ । परोपकारमा मन जाने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवं ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा वित्तीय कारोबारमा वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवं कृषि चौपायामा सफलता मिल्नेछ । पुरानो काम सुचारु हुनेछ । व्यवसायमा सामान्य फाइदा हुनेछ । घरायसी काममा भने खर्च बढ्नेछ ।

वृष– काममा लान्छना लाग्नेछ । आफन्तसँग अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा नयाको तय हुने एवं धर्म कर्ममा खर्च हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा नोकरीबाट लाभ एवं काममा प्रतिष्ठा मिल्नेछ । भाग्यले साथ दिनाले अधुराकाम बाट लाभ हुनेछ ।

मिथुन– मनोरन्जनमा समय व्यतित हुनेछ । पारिवारिक सहयोग रहनेछ । वैवाहिक कुरा चल्ने एवं प्रेममा प्रगति हुने्छ । ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक यात्रामा बाधाको सामना गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन् , अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ ।

कर्कट– स्वास्थ्यमा समस्या आउनेछ ।अनावस्यक खर्च हुने एवं मातृपक्षसँग मनमुटाव एवं स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवं परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवं कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने शुरु गरेको काम रोकिने, स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ ।

सिंह– अध्ययनमा मन जानेछ । शैक्षिक क्षेत्रा व्यस्तता वढ्नेछ । कला, संगीतमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकुदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमासानो भ्रमण हुने, साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सामान्य सन्तुष्टि मिल्नेछ ।

कन्या– पारिवारिक समस्या आउनेछ । आपसी सरसल्लाह नमिल्नाले काम रोकिनेछ । महिला वर्गसँग दुष्मनी वढ्ने एवं जग्गाजमिनको विवाद एवं मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयश्रोत बढ्ने, विद्यामा रुचि जाने एवं सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ ।

तुला– छोटो यात्रा हुनेछ ।जिम्मेवारी थपिनाले स्थान एवं बसाइ परिवर्तन हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा वृद्धि हुनेछ ।

वृश्चिक– पारिवारिक भेटघाट रहनेछ । विदेशबाट साथ सहयोग मिल्नेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवं छोटो यात्राको तय हुनेछ । व्यक्तिगत काममा प्रगति मिल्नेछ । मानसिक आत्मबल बढ्नाले काम छिटो पूरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारिक समस्या एवं मानसिक अशान्ति बढ्नेछ । सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ ।

धनु– मनोरञ्जनमा खर्च हुनेछ । घरायसी काममा खर्च बढ्नेछ । मानसिक तनाव बढ्नाले काममा व्यवधान आउनेछ । मध्यमा भने नयाँ मित्र भेटघाट एवं साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागिता भइने एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेश
सम्बन्धी कामबाट फाइदा एवम जिम्मेवारी थपिनेछ ।

मकर–अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवं यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारिवारिक सहयोगम मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ ।सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।

कुुम्भ– व्यवसायबाट सामान्य सन्तुष्टि मिल्नेछ । आम्दानीको स्तरमा वृद्धि हुनेछ । आत्मबल एवं साहस आउनाले काममा प्रगति बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवं आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवं विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवं काममा बाधा आउनेछ ।
साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।

मीन– मानसम्मानको योग रहेको छ रोजगारीको अवसर आउनेछ । सरकारी पक्षवाट जिम्मेवारी थपिने एवं काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवं भोगविलासमा खर्च हुनेछ । नयाँ काममा योजना बन्ने एवं पुरानो काममा परिवर्तन हुनेछ । नयाँ मित्रसँग भेटघाट एवं आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुन सक्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडाैं

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah