आवातजावतका कारण कोरोना संक्रमित बढ्ने भएकाले गृह मन्त्रालयले अत्यावश्यकबाहेका अन्य सवारी साधनका लागि दिँदै आएको पास रद्द गरिएको गृह मन्त्रालयल स्रोतले बतायो । यसअघि सात दिने पास लकडाउन भरी लागू हुने गृह जानकारी दिएको थियो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो ।




