वि.सं.२०७७ जेठ -३,शनिवार,ई.सं. २०२० मे -१६ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-नवमी , १२:२१ बजे उप्रान्त दशमी,नक्षत्र-शतभिषा , १३:१२ बजे उप्रान्त पूर्वभाद्रपदा,योग-वैधृति , २८:३१ बजे उप्रान्त विष्कम्भ,करण-गर १२:२१ बजेदेखि वणिज , २५:२९ बजे उप्रान्त वालव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-आनन्द, सूर्योदय-५:१६, सूर्यास्त-१८:४५,दिनमान-३३ घडी ४३ पला ।पञ्चक।

 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,विश्वासको वातावरण बन्नेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ , शनि देव लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –आर्थिक संकट पर्नेछ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्, बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक १० रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –पठन–पाठनमा प्रगति हुनेछ,रोजगारीमा सफलता मिल्ने छ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –टाढाको यात्रा सम्भावना छ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–व्यापार व्यवसाय मध्यम रहेको छ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,आजको शुभ अंक ५ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–बोलीमा विचार गर्नु होला,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ,आजको शुभ अंक १ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–पारिवारिक जमघटमा मन रमाउनेछ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,आजको शुभ अंक ५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah