काठमाडौ । निजी अस्पतालहरुले कोरोना भाइरसको आशंकामा आएकाहरुको आरडीटी परीक्षण गर्न पाउने भएका छन् ।

निजी अस्पतालहरुले कोरोना भाइरसको आशंकामा गरिने आरडीटी परीक्षण अनुमति लिन पाउने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उपत्यका भित्र स्वास्थ्य सेवा विभागबाट र उपत्यका बाहिर सम्बन्धित प्रदेश निर्देशनालयबाट अनुमति लिएकाले आरडीटी परीक्षण गर्न पाउने बताए ।

निजी तथा सामुदायिक अस्पतालहरुले आरडिटी किटबाट कोरोना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेका आरडीटी किट खरिद गरेर परीक्षण गर्नुपर्ने उनले बताए ।

उनले भने, “नियम अनुसार दर्ता भएको हुनुपर्नेछ । यदि सूचीमा नभएकाले आरडीटी किट प्रयोग गर्न चाहेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने छ । ”

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार उपत्यका भित्र स्वास्थ्य सेवा विभागबाट र उपत्यकाबाहिर सम्बन्धित प्रदेश निर्देशनालयबाट अनुमति लिन पाउने छन् ।

हालका लागि आरडिटी किटबाट परीक्षण गर्न अस्पतालहरुले मात्र पाउने छन् । आरडीटीबाट कोरोना पोजेटिभ आएमा पीसीआर विधिबाट परीक्षण गर्न बिरामी रिफर गर्नुपर्ने हुन्छ ।

आरडीटीबाट गरिएको परीक्षणको अभिलेख चुस्तदुस्त राख्नुपर्ने छ । दैनिक रुपमा परीक्षणको तथ्यांक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

आरडीटी परीक्षण गर्दा निजी अस्पतालहरुले शुल्क लिन सक्नेछन् । अस्पतालले किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत जोडेर शुल्क लिन पाउने छन् । बाह्रखरी बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय