दमक/ झापामा कोरोना विशेष अस्पताल निर्माण हुने भएको छ । सो संगै पिसिआर परिक्षणको ब्यवस्था पनि यहि गरिने छ । आज सामाजिक विकास मन्त्री जीवन घिमिरेको आतिथ्यतामा आज भएको झापा जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको बताईएको छ ।

यसभन्दा अघि पनि यो बिषय उठ्दै आएको छ । पछिल्लो समयमा झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको र भारतबाट आउनेहरु समेत धेरै हुन थालेपछि चाँडै उपयुक्त स्थान खोजी गरेर कोभिड अस्पताल तथा परीक्षण केन्द्र स्थापना हुन लागेको बताईन्छ ।

छलफलमा सहभागि प्रदेश सभा सदस्य बसन्त बाँनियाका अनुसार भोली भवितब्य रुपमा कोहि कोभिडका विरामीको ज्यान गएको अवस्थामा कहाँ कसरी दाहसंस्कार गर्ने भन्ने बिषयमा समेत छलफल भएर उक्त स्थान समेत तयार पार्ने निर्णय भएको छलफलमा सहभागि एकले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय