
काठमाडौं । नेपालमा बुधबार एकैदिन १७ जना को’रोना भाइरसका सं’क्रमित थपिएका छन् । योसँगै को’रोना भाइरस सं’क्रमितको कुल संख्या ४४४ पुगेको छ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कचनकवल गाउँपालिकाको वडानम्बर ३, ६ र ८ का १८, १८ , १९, २२, २३, २३, २५,२६, २६, २८, ३० ३२, ३७ र ४६ वर्षीय झापाका पुरुषहरु, धनकुटाका ३४ वर्षीय एक पुरुष तथा धरान उपमहानगपालिका निवासी ५१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
थपिएका नयाँ संक्रमितमध्ये १६ पुरूष र १ महिला रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।



