कनकाई । झापामा कोरोना संक्रमित बढन थालेपछि कनकाई नगरपालिकाका बजारहरु जेठ २० गतेसम्म पुर्ण रुपमा बन्द गरिने भएको छ । नगरपालिकामा बुधबार विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनीति दलसहित भएको सर्वपक्षीय भेलाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन कनकाई नगर क्षेत्रका बजार पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै जोर बिजोर प्रणालीबाट खोलिदै आएका पसलहरु बन्द गरिने जनाईएको छ । साथै जेठ ८ गते विहीबारदेखि लागु हुने गरी १३ गते मंगलवार सम्मका लागि कनकाई नगरपालिकाको कार्यालयबाट हुने कोभिड– १९ सँग सम्बन्धित बाहेकका सेवा अन्य सबै सेवा समेत बन्द गर्ने निर्णय भएको छ ।

यस समयावधिमा हिडडुल गरेमा , सवारी चलाएमा र पसलहरु खुल्ला गरेमा प्रहरीले नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कार्वाही गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय