काठमाडौं । टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए । “डिस्चार्ज हुने दुई पुरुष र दुई महिला छन्,” उनले भने, “उनीहरु चारैजना कोरोना संक्रमण देखिएको नौँ दिनमा कोरोना जितेका हुन् ।”

अस्पतालका अनुसार पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा दुईजना भक्तपुरका र दुईजना काठमाडौंका हुन् । फाइल तस्बिर : स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटा नियमित प्रेस ब्रिफिङ गर्दै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय