
संसारमा यस्ता पनि देश छन् जहाँ अचम्मका दृश्य देख्न पाइन्छ । चीनमा एउटा चर्चित गुफा छ जहाँ जानको लागि स्वर्ग जाने सिँढी चढ्नुपर्छ। ग्रेट वाल अफ चाइनाजस्तै यो अर्को एउटा जादुमयी ठाउँ हो । जहाँ पर्यटकहरु ठूलो मात्रामा घुम्न जाने गर्छन् । यो चर्चित पर्यटकीय क्षेत्रमा वर्षभरी नै मान्छे घुम्नका लागि आवत-जावत गरिरहेका हुन्छन् ।चीनमा भएको तियानमेन माउन्टेनलाई स्वर्गको ढोका पनि भन्ने गरिन्छ । खासमा यो पहाडमा भएको गुफालाई संसारकै उच्च स्थानमा भएको गुफा पनि मानिन्छ । यस गुफालाई स्वर्गको गुफा पनि भन्ने गरिन्छ ।
सुन्दर पहाडका डरलाग्दा घुम्ती छिचोल्दै उकालो चढेपछि यो गुफामा पुगिन्छ । झण्डै ५ हजार फिटको उचाईमा अवस्थित यो गुफा तीव्र हावाका कारण बनेको बताइन्छ ।यसको लम्बाई १ सय ९६ फिट र उचाई ४ सय ३१ फिट छ । धेरै अग्लो स्थानमा भएका कारण गुफा पूर्ण रुपमा बादलले घेरिएको हुन्छ । यहाँ जान पहाडको बाटोका अलावा केबलकार पनि प्रयोग गर्न सकिन्छ । केबलकारबाट उत्रिएपछि यो गुफामा पुग्न ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ ।
यो पनि काठमाडौं , निर्धारित मूल्य भन्दा महँगोमा निजी क्षेत्रसँग स्वास्थ्य सामग्री खरीदको सम्झौता गरेको आरोप खेपिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल फेरि विवादित बनेका छन् । चैत दोस्रो साता चीनबाट स्वास्थ्य सामग्री महँगोमा ल्याउन ओम्नी कम्पनीसँग सम्झौता गरेको आरोप नसेलाउँदै चिकित्सक शेरबहादुर पुनलाई स्पष्टिकरण लिने निर्णयमा मन्त्री ढकाल विवादित बनेका हुन् ।
मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.पुनलाई स्पष्टिकरण सोधेको थियो । तर, कोरोना महामारी संक्रमणबारे उपचारमा संलग्न पुनलाई स्पष्टिकरण सोध्ने मन्त्री ढकालको निर्णय विरुद्ध नागरिक अगुवा, राजनीतिक नेता तथा कार्यकर्ता देखि आम साधरणले समेत विभिन्न माध्यमबाट आपत्ति जनाएका छन् । मन्त्रालयले भने मन्त्रीको नाम जोडेर अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएको निष्कर्ष निकालेको छ ।
डा.पुनसँग स्पष्टिकरण लिएको बारेमा मन्त्रालयले कोही पनि स्वास्थ्यकर्मीको मनोवल घटाउन काम नगरेको भनी प्रष्टिकरण नैै दिएको छ । तर, डा.पुनलाई नागरिक समाजलाई यसबारे सचेत रहन र नेपालको वास्तविक अवस्थाबारे जानकारी दिदै आएकाले उनी माथिको स्पष्टिकरणलाई अनुचित देख्नेको पंक्ति नै खडा भएको छ । आइतबार नै डा.पुन आफ्नै काममा फर्किसकेका छन् ।



