दमक । झापाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अंचल अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा.संगीता मिश्राले जानकारी दिनुभयो।
संक्रमितमध्ये कचनकवल गाउँपालिकाका १५ जना र गौरादह नगरपालिकाका २ जना रहेका छन् । संक्रमित सबै भारतबाट आएका हुन्। कचनकबल ५ को जानकी मावि पाठामारीको क्वारेन्टाइनका ५६ जनाको कोरोना परीक्षण गरिएकोमा १५ जनाको मात्र पोजेटिभ देखिएको हो । यता गौरादहका दुबै जना भारतको बम्बइबाट आएका वडा नम्बर एकका वडा अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनु भयो । दुबैजना वडा नम्बर ९ का हुन् ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।



