काठमाडौँ । हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५को जस्तै देखिने धेरै जना छन् । चाहना त सबैको हुन्छ जवान हुने ।तर त्यसअनुसारको खान–पान नहुँदा सबैले आफ्नो चाहना पूरागर्न सकेका हुँदैनन् ।आफुलाई सधैँ जवान देखाउन चाहने मानिसले यस्ता खाना कम खाने अथवा नखाने गर्नुपर्छः

चिनी: चिनीले अनुहार फुस्रो बनाउने भएकाले चिनीयुक्त खाना, मिठाइलगायत धेरै खानु हुँदैन । रक्सी: कलेजोले छालामा भएका टक्सिन हटाउँछ । रक्सी खानाले कलेजो कमजोर हुन्छ, जसले गर्दा छालाको टक्सिन हराउँदैन र अनुहार बुढोजस्तो देखिन्छ । रक्सीले छालालाई डिहाइड्रेट पनि गर्छ ।

ह्वाइट वाइन: ह्वाइट वाइनमा हुने एसिडले दाँतको इनामेल हट्छ र दाँतमा कस लागेजस्तो देखिन्छ । सेकुवा: मासुको सेकुवामा हाइड्रोकार्बोन बढीहुने भएका ले सेकुवा धेरै खाँदा अनुहारको उज्यालोपन हराउँदै जान्छ । नुनिलो खाना: नुनिलो खाना बढी खानाले शरीरमा पानीको मात्रा कम हुने भएकाले अनुहार फुस्रो देखिन्छ । प्रोसेस्ड मिट:ससेजलगायत प्रोसेस्ड मिटमा सल्फाइट नामक तŒव र नुन बढी हुने भएकाले यसले शरीरलाई डिहाइड्रेड गर्छ र मानिसको छालालाई फुस्रो बनाउँछ ।

मसलेदार खाना: मसलेदार खाना बढी खानाले अनुहारको चमक हराउँदै जान्छ । रातो मासु: कोलाजेन नामक अनुहारलाई चम्किलो बनाउने तŒव रातो मासु बढी खानाले कम हुँदै जान्छ । अनुहार फुस्रो र पाको देखिन्छ । इनर्जी ड्रिंक्स: ड्रिंक्स खाइरहने मानिसको दाँतको इनामेल हराउँदै गई दाँत कालो देखिन्छ । चिया–कफी: चियारकफीमा क्याफिन प्रशस्त मात्रामा पाइने भएकाले बढी कफी पिउँदा छाला डिहाइड्रेट हुन्छ र मानिस बुढोजस्तो देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय