बेकिङ सोडा:बेकिङ सोडाले पसिना सोस्ने काम गर्छ र ब्याक्टेरियालाई पनि सिध्याउँछ । बेकिङ सोडा र कागतीको रसलाई बराबर मिसाउनुस् र यसलाई आफ्नो काखीमा लगाउनुस् । पाँचदेखि १० मिनेटसम्म त्यत्तिकै छोडेपछि पानीले धुनुस् । केही दिनसम्म यो प्रक्रिया नियमित रूपमा दोहो–याउनुभयो भने काखीको गन्ध हराउँछ ।

नखौरिनुस्:काखीको रौं हटाउनका लागि हामी प्रायः खौरिन्छौं तर खौरिएपछि त्यहाँको छाला संवेदनशील हुन पुग्छ । अनि त्यहाँ आफ्टरशेभ लगाउँदा ज लन हुन थाल्छ । रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन् ।बेस्सरी पानी पिउनुस्:गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो । यसले हाम्रो शरीरलाई हाइड्रेट गराउँछ र स्किन पनि मोइस्चराइज हुन्छ । गर्मीमा भरपूर पानी पिउँदा शरीरबाट कम दुर्गन्ध निस्कन्छ ।

स्याउको चुक अमिलो:स्याउको चुक अमिलोले पनि काखीको गन्ध हटाउँछ । कचौरामा अलिकति पानी हालेर त्यसमा कागतीको रस मिसाउनुस् र अलिकति स्याउको चुक अमिलो हाल्नुस् । यो मिश्रणलाई एउटा स्प्रे बोतलमा राखेर स्प्रे गर्नुभएपनि हुन्छ । यसले काखीको ब्याक्टेरिया हटाउँछ र पसिनाको दुर्गन्ध रोक्छ ।

नखौरिनुस्:काखीको रौं हटाउनका लागि हामी प्रायः खौरिन्छौं तर खौरिएपछि त्यहाँको छाला संवेदनशील हुन पुग्छ । अनि त्यहाँ आफ्टरशेभ लगाउँदा जलन हुन थाल्छ । रेजरका कारण ब्याक्टेरिया र कीटाणुहरू पनि जन्मिन्छन् र काखीको दुर्गन्धको कारण बन्छन् । बेस्सरी पानी पिउनुस्:गर्मीमा पानी पिउनु स्वास्थ्यका लागि आवश्यक कुरा हो । यसले हाम्रो शरीरलाई हाइड्रेट गराउँछ र स्किन पनि मोइस्चराइज हुन्छ । गर्मीमा भरपूर पानी पिउँदा शरीरबाट कम दुर्गन्ध निस्कन्छ ।

कागतीको रस:कागती पनि दुर्गन्ध हटाउने राम्रो उपाय हो । एउटा कागतीको टुक्रो आफ्नो काखीमा १० देखि १५ मिनेटसम्म थिचेर राख्नुस् । दिनभरि पसिनाबाट निस्कने दुर्गन्धलाई यसले रोक्छ ।फिटकिरी:फिटकिरीको प्रयोग गर्नुअघि त्यसलाई अलिकति पानीमा भिजाउनुस् र पसिनाबाट दुर्गन्ध आउने ठाउँमा रगड्नुस् । दिनभरिको दुर्गन्धबाट छुटकारा पाउनुहुन्छ ।

गोलभेंडा:गोलभेंडामा भएको एन्टीसेप्टिक प्रोपर्टीका कारण पसिनाको दुर्गन्ध भाग्छ । अझ यसले पसिना पनि कम निकाल्छ । आठवटा गोलभेंडा लिएर त्यसलाई मजाले थिच्नुस् र रस निकाल्नुस् । त्यही रसलाई नुहाउने पानीमा हालेर नुहाउनुभयो भने ताजा पनि हुनुहुनेछ, पसिनाको दुर्गन्ध पनि हट्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय