दमक। झापामा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाह्रदशी गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु गाउँपालिका वडा नम्बर ४ का ३२ वर्षीया र वडा ३ का ४६ का वर्षीया पुरुष हुन्।
प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको १२ जनाको पिसीआर परीक्षणमा दुइ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख खड्ग राजबंशीले सवाल नेपाललाइ जानकारी दिनु भयो ।
योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ । बाह्रदशीमा थपिएका दुई जना सङ्क्रमित भारतको बम्बइबाट आएका गाउँपालिकाका प्रमुख राजबंशीले जानकारी दिनुभयो। उनीहरूमध्ये ३२ वर्षीय पुरुष जेठ ७ गते र ४६ वर्षीय पुरुष जेठ १३ गते आएका थिए । उनीहरुलाई वडा नम्बर ३ स्थित पशुपति माविको क्वारेन्टाइनमा राखिएको थियो।



