रौतहट। रौतहटमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनु भयो।
वहाँका अनुसार इशनाथ नगरपालिकाका ४६ जना, गुजरा नगरपालिकाका ८ जना, गढीमाई नगरिपालिकाका ७ जना तथा चन्द्रपुर, माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका र दुर्गा भगवती गाउँपालिकाका १।१ जना गरी ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन्। आज थपिएका ६५ जना संक्रमित सँगै रौतहटमा संक्रमित हुनेको संख्या ३८३ पुगेको छ ।



