
काठमाडौं। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले कोरोना भाइरस कोभिड १९ को नयाँ टेस्टिङ गाइडलाइन तयार गरेको छ। तीन वटा प्राथमिकता समूह छुट्याएर नयाँ टेस्टिङ गाइडलाइन तयार पारिएको छ। क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अप्रत्याशित बढेको र प्रयोगशालामा धेरै नमुना होल्ड भएका कारण सरकारले नयाँ टेस्टिङ गाइडलाइन ल्याएको हो।
पहिलो प्राथमिकता समूहमा संक्रमण फैलिएको समुदाय, आइसोलेसनमा बसेकाहरु र संक्रमितसँगको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु हुनेछन्।
त्यस्तै दोस्रो प्राथमिकतामा परेका समूहमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दीर्घरोगी, अस्पतालमा काम गर्ने एम्बुलेन्स चालक र अन्य स्टाफहरु रहनेछन् ।
त्यस्तै तेस्रो प्राथमिकतामा परेकाहरुमा लक्षण भएका तर माथिका प्राथमिकता समूहमा नपरेकाहरु पर्नेछन्। त्यसैगरी कुनै लक्षण, ट्राभल हिस्ट्री नभएको र आफै परीक्षण गराउन पुग्नेहरु टेस्टिङ प्राथमिकतामा पर्ने छैनन् ।



