भारतको असममा रहेको अस्पतालमा एकजना रोगीको शल्यक्रिया गर्दा मूत्रथैलीबाट मोबाइल चार्जर निस्केको छ । ३० वर्षीय ती रोगीले चिकित्सकहरूलाई हेडफोनको तार निलेको बताएका थिए । तर शल्यक्रिया गर्दा त्यो चार्जरको तार लिंगबाट पसाइएको पाइयो ।
‘रोगी बेस्सरी पेट दुख्यो भनेर हामीकहाँ आएका थिए र आफूले भूलवश हेडफोन तार निलेको बताएका थिए । हामीले एन्डोस्कोपी गर्दा तार भेटिएन । शल्यक्रिया गर्दा आन्द्रामा केही पनि भेटिएन,’ डा वल्लिउल इस्लामले बताए ।
छक्क परेका इस्लामले रोगीको एक्सरे गरे । तार रोगीको मूत्रथैलीमा रहेको भेटियो । त्यसपछि तार हटाइयो र रोगी निको भइरहेका छन् । ‘उनले मोबाइल चार्जर लिंगबाट पसाएका रहेछन् । मैले शल्यक्रिया गर्न थालेको २५ वर्ष भयो तर पहिलेपटक यस्तो घटना देखें,’ इस्लामले भने ।
उक्त रोगीले यौन आनन्द लिनका लागि लिंगमा तार र अन्य कुराहरू पसाउने गरेको चिकित्सकले बताए । तर अहिले चाहिँ स्थिति नियन्त्रण बाहिर गयो र तार उनको मूत्रथैलीमा पुग्यो ।



