काठमाडौं, जेठ २३ । आज थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकाश देवकोटाले पछिल्लो २४ घण्टाको अपडेट गराउँदै थप २ सय ७८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

आज थपिएसँगै अब नेपालमा कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ । आज एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ। यस्तै आइसोलेसन दुई हजार पाँच सय ६८ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या तीन सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah