काठमाडौं। भोलि पित्तथैलीको अप्रेशन हुने निश्चित भैसकेको थियो । सबै तयारी थियो । तर आज कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट आएपछि काभ्रेको पनौती नगरपालिका – ८ की एक ३९ वर्षीया महिला अचम्मित भइन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार उनको अपरेशन गर्ने तयारी अस्पतालले गरेको थियो । अस्पतालले पित्तथैलीको अपरेशन गर्नुअघि पीसीआर परीक्षणका लागि बुधबार स्वाब संकलन गरेको थियो । तर आज रिपोर्टमा संक्रमण पुष्टि भयो ।

यसअघि पनि दुई तीन पटकसम्म उनलाई जन्डिस देखा परेको थियो । पछिल्लो समय पित्तथैलीमा समस्या देखिएपछि चेकजाँचका लागि तीनचार पटक उनी अस्पताल गएकी थिइन् । स्वास्थ्य परीक्षणका लागि उनी अस्पताल गइरहने भएका कारण अस्पतालबाटै संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

उनीमा संक्रमण पुष्टि भएपछि उनको घरलाई सिल गरिएको वडाध्यक्ष केशब बन्जराले जानकारी दिनु भएको छ । वहाँका अनुसार संक्रमित महिलासहित घरमा श्रीमान, छोरा–छोरीसहित सात जनाका परिवार छन् । संक्रमित महिलालाई अस्पताल पठाइसकिएको छ । परिवारका अन्य ६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको पनि भोलि स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah