मानिसले वन्यजन्तुबाट मानिससम्म फैलने र संसारभरी तीब्र रुपमा संक्रमण फैलने रोगका लागि ‘निकै अनुकुल स्थिती पैदा गरिदिएको’ भन्दै वैज्ञानिकले चेतावनी दिएका छन् । प्राकृतिक दुनियाँमा मानव अतिक्रमणको यो प्रक्रिया दिनानुदिन वृद्धि भइरहेको छ । नयाँ–नयाँ रोगको स्रोतको अध्ययन गर्ने विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् ।

ती वैज्ञानिकले नयाँ रोगको स्रोतको अध्ययन गर्ने क्रममा त्यसको ढाँचाको आधारमा पहिचानको प्रक्रिया विकसित गरेका छन् । यसमार्फत् कुन जीवमार्फत् पैदा भएको रोग मानिसका लागि अत्यधिक खतरनाक हुनसक्छन् भनेर पत्ता लगाउन सकिन्छ ।

लिभरपुल विश्वविद्यालयका प्राध्यापक म्याथ्यू बायलिसले बीबीसीलाई भने, ‘पछिल्ला २० वर्षमा हाम्रो सामुन्ने ६ विभिन्न प्रकारका ठूला खतरा पैदा भए । सार्स, मर्स, इबोला, एभियन इन्फूएन्जा र स्वाइन फ्लू । हामीले पाँचवटा त पार गर्यौं तर छैठौं…’

‘र यो अन्तिम महामारी पनि होइन । तसर्थ हामीले वन्य जन्तुको रोगलाई नजिकबाट बुझ्न आवश्यक छ ।’ वन्य जीवको रोगलाई नजिकबाट बुझ्नका लागि यो प्याटर्न प्रणाली तयार गरिएको हो । यसमार्फत् भिन्न भिन्न जनावर सम्बन्धि विस्तृत डाटाबेस तयार गर्न र त्यसको अनुसन्धान गर्न सकिन्छ ।

जंगल फँडानी गर्नु र विभिन्न जीव जन्तुको आवास र खाना अतिक्रमण गर्नुलगायतका हाम्रा विभिन्न व्यवहारले जनावरबाट मानिसमा सर्ने यस्ता रोग फैलन मद्दत गरिरहेको कुरामा विभिन्न वैज्ञानिकको सहमति छ ।

युनिभर्सिटी कलेज लण्डननकी प्राध्यापक केट जोन्स भन्छिन्, ‘जे कुरा सार्वजनिक भएका छन् त्यसमार्फत् मानिसको हस्तक्षेपका कारण संक्रमण फैलने थुप्रै रोगको जोखिम बढ्ने गर्छ ।’

यद्यपि, सबै रोग संक्रमण फैलाउने किसिमकै हुन्छन् भन्ने छैन तर वन्यजीव प्रजातिका थुप्रै प्रकार यसको कारण बन्न सक्छन् । स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah