काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन्। थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशकबाट तीन दिनअघि मन्त्रालयमा तानिएका प्रा.डा. जागेश्वर यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि सक्रिय रहेका प्रवक्ता डा. विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा भने प्रवक्ता देवकोटा नै उपस्थित हुनेछन् ।

श्रोत: अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय