वि.सं.२०७७ जेठ -२७,मंगलवार, ई.सं. २०२० जून -९ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि-चतुर्थी , २१:३८ बजे उप्रान्त पञ्चमी,नक्षत्र-उत्तराषाढा , १६:२० बजे उप्रान्त श्रवण,योग-ब्रह्म , १४:०३ बजे उप्रान्त ऐन्द्र, करण–वव ०९:४० बजेदेखि वालव , २१:३८ बजे उप्रान्त गर,चन्द्रराशि-मकर,आनन्दादि योग-मानस,सूर्योदय-५:०९,सूर्यास्त-१८:५७, दिनमान-३४ घडी ३० पला ।व्रत/ पर्व-मंगल–चौथी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ,रिस लाइ काबूमा राख्नु होला,काम गर्दा अपमानित हुनुपर्ला, बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,आजको शुभ अंक ११ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,पहिलेको सफलताले पनि हौसला जगाउनेछ, आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – किनमेल गर्दा सजग रहनु होला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,स्वाथ्यमा सुधार हुने तथा बोलीको प्रभाव पर्ने छ, आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –यात्रा गर्दा स्वास्थ्यमा असर देखिनेछ,दैनिकी कार्यमा अबरोध आउनेछ,पशुधन र जमिनबाट लाभ हुनेछ,बोलीमा विचार पुराउनु होला, यात्रा घातक बन्ने छ ,आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,धार्मिक कार्यमा मन जाला,अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,साझे दारीको काममा संकट आउनेछ ,तातो रिस गर्नाले काम बिग्रिनेछ,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– रमाइलो यात्रा हुनेछ, संगीतमा मान जानेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,विवादमा परिने छ ,आजको शुभ अंक ३ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– गोपनीयतामा ख्याल गर्नु होला,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,काम गर्दा अवरोध आउनेछ,आजको शुभ अंक ९ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – लेनदेन आदिमा फाइदा हुनेछ,आफन्त बाट सहयोग हुनेछ,अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– दाजु भाई बीच मनमुटाव हुनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,मनको इच्छा पुरा हुनेछ ,आजको शुभ अंक २ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला,साझे दारीको काममा संकट आउनेछ,संकल्प गरेको काम सफल हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।



