चितवन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको हो ।
हिजो संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका-११ का ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।सुगर, उच्चरक्तचाप र निमोनियाको समस्या भएपछि उनलाई शुक्रबार नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो ।
शुक्रबार स्वाव संकलन गरिएकोमा हिजो मात्र उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । नारायणी सामुदायिक अस्पतालमा उपचार गराइरहेका उनमा संक्रमण देखिएपछि हिजो बेलुका ७ बजे भरतपुर अस्पताल सारिएको थियोे ।



