डेल्धुरा प्रहरीले सरकारले जारी गरेको लकडाउन उल्लङ्घन गरी मादक पदार्थ बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डडेल्धुराका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत प्रहरी गस्तीको टोलीले जाँच गर्ने क्रममा डडेल्धुरा सदरमुकामबाट दुई जनालाई पक्राउ गरेको हो । अमरगढी नगरपालिका–५ कीर्तिपुर र तुफानडाँडा बजारबाट दुई जनालाई मदिरा बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका वडा नं १० राई बस्ने सन्तोष ऐर, अमरगढी–५का दानबहादुर बोहरा र जनकसिंह विष्ट पक्राउ परेका हुन् । उनीहरू तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाइ सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत सात÷सात दिन कैद सजाय तोकिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah