वि.सं.२०७७ जेठ -२९,बिहीवार, ई.सं.२०२० जून- ११, शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि-षष्ठी , २२:४६ बजे उप्रान्त सप्तमी,नक्षत्र-धनिष्ठा , १८:३८ बजे उप्रान्त शतभिषा,योग-वैधृति , १२:४४ बजे उप्रान्त विष्कम्भ,करण-गर १०:१८ बजेदेखि वणिज , २२:४६ बजे उप्रान्त वालव,चन्द्रराशि-मकर,आनन्दादि योग-श्रीवत्स, सूर्योदय-०५:०९, सूर्यास्त-१८:५८,दिनमान- ३४ घडी ३२ पला । धनिष्ठा पञ्चक ५:५३ बजे प्रारम्भ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ,प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ, पेट सम्बन्धि समस्या हुनेछ,आजको शुभ अंक ९ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –अपरिचित व्यक्ति सगं भेटघाट हुनेछ,लगानी क्षेत्रमा सफल भइनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, यात्रा गर्दा विचार पुराउनु होला,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – साझे दारीको काममा संकट आउनेछ,भनसुनले गरेको काम बन्नेछ,आफ्नै विवेक ले काम गर्नु होला ,घरायसी काममा अल्झिनाले महत्वपूर्ण काम बिग्रिने छ,आजको शुभ अंक ११ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,आफन्त बाट सहयोग हुनेछ,रमाइलो यात्रा हुनेछ,धार्मिक कार्यमा मन जाला,परिवारमा सामान्य विवाद हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – समयमा आलस्य गर्ने बानीले पछि परिनेछ,सामान्य चोट पटक लाग्ने योग छ ,दाजु भाई बीच मनमुटाव हुनेछ, शत्रुहरु परास्त हुनेछन, आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आफन्तको विश्वास पर्दा आत्मा घाती हुनेछ,सोचाइ मा पर्दा मित्र हरु टाढिने छन्,मनमा कुरा खेल्नेछ,आजको शुभ अंक १० रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – पशुधन र जमिनबाट लाभ हुनेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,शारीरिक मानसिक पिडा बढ्ने छ ,संगीतमा मन जानेछ,आजको शुभ अंक ५ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– तातो रिस गर्नाले काम बिग्रिनेछ,स्वास्थ्यमा समस्या आउने छ,खानपानमा विचार गर्नु होला, बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ, आजको शुभ अंक २ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– गोपनीयतामा ख्याल गर्नु होला,लेनदेन आदिमा फाइदा हुनेछ,आत्मबल कम हुनाले बन्न लागेको काम बिग्रिनेछ, विवादमा परिने छ , आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बोलीमा विचार पुराउनु होला,संकल्प गरेको काम सफल हुनेछ,पहिलेको सफलताले पनि हौसला जगाउनेछ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– दैनिकी कार्यमा अबरोध आउनेछ,सामाजिक कार्य मा ध्यान नजादा विरोध आउने छ,कुरा काट्नेहरु हुनेछन, यात्रा घातक बन्ने छ , आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – काम गर्दा अवरोध आउनेछ,परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ,रिस लाइ काबूमा राख्नु होला, आजको शुभ अंक ४ रहेको छ ।



