कोरोना भाइरस महामारीका कारण विद्यालय बन्द छन्। यस्तोमा शिक्षक, शिक्षिका विद्यार्थीलाई अनलाइन कक्षा पढाइरहेका छन्। यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेट छैन। भएको ठाउँमा पनि स्पीड कम छ। कहिँ गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बढाउन मुश्किल भइरहेको छ।
यस्तोमा एक शिक्षिकाले अनलाइन कक्षाका लागि ‘जोहो’ गरेकी छन्। कक्षाका लागि ह्यांगर, कुर्सी, कपडाबाट ट्राइपोड बनाएकी छन्।शिक्षिकाको यस जोहोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। भिडियो र तस्वीर शेयर गरेर प्रशंसा गरिरहेका छन्।
शिक्षिका मौमिता बीले एक हप्ता अघि यस भिडियोलाई लिंक्डइनमा शेयर गरेकी थिइन्। उनले लेखेकी छन्, किनकी मसँग ट्राइपोड थिएन। त्यसैले मैले आफ्नो घरबाट अनलाइन कक्षा लिनका लागि भारतीय ट्रीक अपनाए।
उनले आफ्नो मोबाइललाई कपडा झुन्ड्याउने ह्यांगरले बाँधेकी छन्। ह्यांगरलाई डोरीको सहायताले प्लास्टिकको कुर्सी र छतमा बाँधेकी छन्। र ट्राइपोड तयार गरियो। लिंक्डइनमा उनको यो भिडियो भाइरल बनेको छ।
https://twitter.com/PishuMon/status/1270377920339431425
— SN (@MissUGenius) June 9, 2020



