पोखरा। गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा थप ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ । नयाँ सङ्क्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।



