काठमाण्डौ। पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ३३ हजार ३ सय ७७ जनाको पीसीआर र २ लाख १० हजार ७ सय २१ जनाको आरडीटी विधिमार्फत परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९ जनाको पीसीआर विधिमार्फत र २० हजार ८ सय जनाको आरडीटी विधिमार्फत परिक्षण गरिएको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ६१ रहेको छ । योसँगै नेपालमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या ९ सय ७४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



