काठमाडौँ — पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।
स्वास्थ्य मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितसँगै कूल संख्या ७ हजार ८४८ पुगेको जानकारी दिए । जसमध्ये ७ हजार २२९ जना पुरुष तथा ६ सय १९ जना महिला संक्रमित रहेका छन।
कोरोना संक्रमित बाट मृत्यु हुनेहरुको संख्या २२ पुगेको छ । पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेमा कैलाली गोदावरी नगरपालिका का पुरुष र अर्का कैलालिकै लम्की चुहा २ कि महिला रहेकी छिन्।



