वि.सं.२०७७ असार -५, शुक्रवार,ई.सं.२०२० जून -१९ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० तछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ कृष्णपक्ष तिथि-त्रयोदशी , १०:३७ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-कृत्तिका , १०:४६ बजे उप्रान्त रोहिणी,योग-धृति , १५:४० बजे उप्रान्त शूल, करण-वणिज १०:३७ बजेदेखि भद्रा , २३:०८ बजे उप्रान्त नाग,चन्द्रराशि-वृष,आनन्दादि योग-छत्र,सूर्योदय-५:१०,सूर्यास्त-१९:००, दिनमान-३४ घडी ३६ पला,दिल्लाचह्रे पूजा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – विविध कार्यमा अवरोध आउनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक २ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –मौन बस्दा राम्रो हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,आफूभन्दा ठुला मान्ने गुन्ने कुरा सुनाले धेरै काम बन्नेछ, आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,संकल्प गरेको काम सफल हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,दैनिकी आहारविहारमा सचेत रहनुहोला,सामान्य चोट पटक लाग्ने योग छ ,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – मुद्दा मामिला परिनेछ,खानपिनमा विचार पुराउनु होला,बेसुरमा काम गर्दा दु:ख पाइनेछ,पुरानो गतिले पनि काम बिग्रन सक्छ, आजको शुभ अंक ६ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– विवीध काममा अवरोध आउनेछ,समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,गरि रहेको काममा विरोध आउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ८ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,बोलीमा विचार पुराउनु होला, कामको लगावले मनग्गे धन आर्जन हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ, बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,घमण्ड त्याग गर्नु होला,आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,बोलीमा सुधार गर्नु होला,सहयात्रीले साथ छोड्ने छन्,सत्यको बोध नहुदा धोका पाइनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,रमाइलो जमघटमा सहभागी भइनेछ,भौतिक रुपमा सफल भइनेछ,समयले साथ दिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – दैनिकी कार्य सहज हुनेछ,स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आफ्नै विवेकले काम गर्नु होला, आजको शुभ अंक ४ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah