पोखरा। गण्डकी प्रदेशमा आज थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले आज बिहान जारी गरेको विज्ञप्तिका अनुसार तनहुँका २५ जना, नवलपुरका १६ जना, बागलुङमा ८ जना, गोरखाका ५ जना, कास्कीका २ जना, म्याग्दी र स्याङ्जाका १।१ जना संक्रमित थपिएका हुन् ।
उनीहरु सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बसिरहेका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ।




