मेष – पारिवारिक भेटघाटको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवम कृषिबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवम मानसिक अशान्ति बढ्नेछ । मित्रता टुट्ने एवम स्त्री पक्षसँग वैरभाव रहनेछ । प्रेममा सामान्य भनाभन, भोजनको गडबडीले स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने व्यापार फस्टाउने, सन्तानको प्रगति एवम् कला,संगीतमा रुचि एवम् प्रगति बढ्नेछ ।

वृष – साथिभाइ बाट धनको साथ मिल्नाले पुरानो काममा राहत मिल्नेछ , आर्थिक पक्ष बलियो हुन थाल्नेछ । बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवम आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको सुख सन्तुष्टि मिल्नेछ । शिरदर्द एवम आँखाको समस्या बल्झिनेछ । प्रेममा भनाभन एवम पारिवारिक विवाद निम्तिनेछ । सन्तानको स्वास्थ्यमा बाधा एवम चिसोको समस्याले खर्च बढ्नेछ ।

मिथुन- बाहिरको पुरानो काममा व्यस्तता बाढ्नेछ । नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवम् रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवम नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली बचनको प्रभावले ठुलाबडासँग सम्बन्ध बढ्नेछ । बाहनबाट सामान्य क्षति एवम सन्तानको चिन्ता बढ्नेछ । ऋणको भार बढ्नाले व्यवसायमा कठिनाइ हुनेछ । सामान्य चोटपटकको योग देखिन्छ ।

कर्कट– अनावश्यक काममा खर्च बढ्नेछ । यात्रामा बढी खर्च हुनेछ । सामान हराउन सक्ने एवम आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवम स्त्रीपक्षसँग सम्बन्ध बिग्रिनेछ । अध्ययन कमजोर हुन सक्ने एवम पेटको समस्याले दुःख दिनेछ । छोटो यात्राको अवसर मिल्ने एवम दाजुभाइबाट भने सहयोग पाइनेछ । कृषि एवम तरल पदार्थबाट धन आर्जन हुने एवम् महिलावर्गको सहयोगले व्यवसायमा सहायता मिल्नेछ ।

सिंह– पुरानो काममा फाइदा हुनेछ । आम्दानीले साथ दिनेछ । पशुचौपाया तथा तरल पदार्थको कारोबारबाट धन आर्जन हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवम् अनावश्यक काममा खर्च बढ्नेछ । बोलीको कारणले शत्रुता बढ्ने, खानपिनको कारणले स्वास्थ्य बाधा हुने एवम् अंशबण्डा तथा घरायसी सम्पत्तिमा विवाद आउनेछ ।

कन्या–नयाकाममा जिम्मेवारी बढ्नेछ । राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवम काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । सामान्य चोटपटकको भय एवम दाजुभाईको स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको मध्यमा भने े आम्दानी हुने एवम लगानीमा प्रतिफल मिल्नेछ । साताको अन्त्य भने खर्चिलो एवम झन्झटिलो हुनेछ । यात्रामा समस्या एवं खर्च बढ्नेछ ।

तुला– सहयोगमा समय बढी जानेछ । धार्मिक एवम सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवम वैदेशिक तर्फ बाट फाइदा मिल्नेछ । देब्रे अंगमा पीडा एवम नाक, कान, घाँटीको समस्या हुनेछ । बोलीको कारणले प्रेममा बाधा एवम खर्च बढ्नेछ । साताको मध्यमा भने राजनीतिक भेटघाट हुने, ठुलाबडाले साथ दिने एवम काममा जस मिल्नेछ । साताको अन्त्यमा भने आम्दानीले साथ दिनाले कारोबारमा सन्तुष्टि मिल्नेछ । कृषि क्षेत्रबाट आम्दानी हुनेछ ।

वृश्चिक– अनावस्यक आरोप लाग्न सक्नेछ । स्वास्थ्यमा बाधा एवम काममा रोकावट हुनेछ । अपजसको भय एवम मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवम यात्राको सुख मिल्नेछ । शिर दर्द एवम शारीरिक थकान बढ्नेछ । दाजुभाइबाट सहयोग एवम माटोबाट लाभ मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक सहयोग मिल्ने एवम कामबाट जस पाइनेछ । पद प्रतिष्ठाको योग बन्नेछ ।

धनु – सानाृे यात्राको योग बन्नेछ । प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवम पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवम गुप्त शत्रुको बाधा हुनेछ । खर्च बढ्ने एवम गोडा, घुँडाको समस्या देखिन्छ । राजनीतिबाट भने फाइदा मिल्ने एवम साताको अन्त्यमा विदेशबाट सहयोग प्राप्त हुनेछ । मातृपक्ष एवम ससुराल पक्षबाट आर्थिक एवम नैतिक सहयोग मिल्नेछ ।

मकर – अरुको लागि बढी समय व्यतित हुनेछ । घरायसी काममा खर्च बढ्नेछ । मनोरन्जन एवम प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवम स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवम नयाँ व्यवसायमा लगानी बढ्नेछ । प्रेममा प्रगति एवम जीवनसाथीबाट पारिवारिक सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्ने एवम प्राविधिक क्षेत्रमा गरेको लगानीमा फाइदा मिल्नेछ । साताको अन्त्य भने सामान्य तनावपूर्ण हुनेछ ।

कुम्भ – अध्ययनमा प्रगति एवम वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा रआम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम काममा प्रगति मिल्नेछ । मध्यमा भने बोली बचनको कारणले पारिवारिक तिक्तता बढ्नेछ । पेट सम्बन्धि समस्या बढ्ने, मातृपक्षको स्वास्थ्यमा समस्या आउने एवम सवारी साधनले धोका दिन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायिक छोटो यात्रा हुने एवम साझेदारीमा साथ मिल्नेछ । पारिवारिक भेटघाट एवम यात्रामा खर्च बढ्नेछ ।

मीन – महिलावर्ग संग दुष्मनी बढ्नेछ । साताको सुरुमा घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन् । दाम्पत्य जिवनमा सामान्य वादविवाद, पितृपक्षको स्वास्थ्यमा बाधा एवम खेलकुद एवम प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार हुने एवम वैदेशिक सहायता मिल्नेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah