बलिउड कलाकार सोनम कपुर आइतबार आफ्नो एउटा ट्वीटका कारण सोसल मिडियामा निकै चर्चामा रहिन् । फादर्स डेको मौकामा गरिएको एउटा ट्वीटका लागि उनलाई मानिसहरुले ट्रोल गरे जसका कारण उनी आइतबार लगभग दिनभरी ट्वीटर ट्रेन्डमा रहिरहिन् ।
उनले ट्वीट गरेकी थिइन्, ‘आज फादर्स डेको मौकामा म एउटा कुरा भन्न चाहन्छु । म आफ्नो पिताकी छोरी हुँ र म उहाँकै कारण आज यहाँसम्म आइपुगेकी छु । मैले विशेषाधिकार पाएकी छु । यो कुनै अपमान होइन । मलाई यी सबैकुरा प्रदान गर्न मेरा पिताले कडा मिहिनेत गरेका छन् । म कहाँ जन्मिएँ र कसको परिवारको जन्मिएँ भन्ने कुरा मेरो भाग्यले निर्धारण गर्यो । मलाई आफ्नो पिताको छोरी हुनुमा गर्व छ ।’
Today on Father’s Day id like to say one more thing, yes I’m my fathers daughter and yes I am here because of him and yes I’m privileged. That’s not an insult, my father has worked very hard to give me all of this. And it is my karma where I’m born and to whom I’m born. I’m proud
— Sonam K Ahuja (@sonamakapoor) June 21, 2020
हालै बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नातावाद, परिवारवादको विषयमा अत्यधिक चर्चा भइरहेको छ ।
थुप्रै व्यक्तिहरु सुशान्त सिंह राजपूतको समर्थनमा छन् । बलिउडमा चर्चित निर्माता, कलाकारका सन्तानले मात्रै काम पाउँछन् भन्ने आरोप उनीहरुले लगाएका छन् ।
सुशान्तको मृत्युपछि सोसल मिडियामा फिल्म निर्माता करण जोहरको यसैकारण अत्यधिक आलोचना गरिएको थियो । त्यसपछि करण जोहरले फिल्म व्यवसायसँग सम्बन्धित थुप्रैलाई ट्वीटरमा अनफलो गरिदिएका थिए ।
यसै हप्ता सोनाक्षी सिन्हाले पनि नकारात्मकताबाट टाढा रहन र मानिसक स्वास्थ्य बचाइराख्न चाहेको भन्दै आफ्नो ट्वीटर अकाउन्ट बन्द गरिन् ।
गायक सोनू निगमले पनि एक कलाकारले कस्तो प्रकारको दबाब झेल्नुपर्छ भन्दै ट्वीटरमा जानकारी दिएका थिए । उनले साङ्गीतिक क्षेत्रमा गुटबन्दी नतोडिए यहाँबाट पनि अप्रिय खबर आउन सक्ने बताए ।
उर्मिला मातोन्डकर र कंगना रनौतले पनि बलिउडमा नातावाद–परिवारवादका कारण सही प्रतिभा र कडा मिहिनेतलाई मौका नदिइने जानकारी दिए ।
https://twitter.com/UrmilaMatondkar/status/1272109251968696320
सोनमको ट्वीटमा लक्ष्मी नारायणले लेखे, ‘विशेषाधिकार कुनै नराम्रो कुरा होइन तर के तपाईंले आफ्नो विशेषाधिकार संघर्ष गरिरहेका कलाकारको उन्नतीका लागि प्रयोग गर्नुभएको छ ? हामी यहाँ अत्यधिक खराब कुराबारे चर्चा गरिरहेका छौं । परिवारवाद–नातावाद र केही धनाढ्यको विशेषाधिकारका कारण साना शहरबाट आएका र मिहिनेत गर्ने कलाकारले या त काम पाइरहेका छैनन् या त उनीहरुको काम खोसिएको छ ।’
Today on Father’s Day id like to say one more thing, yes I’m my fathers daughter and yes I am here because of him and yes I’m privileged. That’s not an insult, my father has worked very hard to give me all of this. And it is my karma where I’m born and to whom I’m born. I’m proud
— Sonam K Ahuja (@sonamakapoor) June 21, 2020
स्वाती नामको एक ट्वीटर ह्यान्डलबाट लेखियो, ‘काश, विशेषाधिकारसँगै तपाईंले थोरै विनम्रता पनि पाउनुभएको भए राम्रो हुन्थ्यो ।’
आनिया अजिजले लेखिन्, ‘समाजभित्र विद्यमान उत्पीडन र असमानताको ढाँचालाई सोनमले सही बताइरहेकी छिन् र उनी यसलाई आफ्नो ‘भाग्य’ बताइरहेकी छिन् । यस्तो लाग्छ कि सोनमको मान्यतामा गरिब, गरिब हुन लायक छन् जबकी धनाढ्यले थप धन बटुल्न पाउनुपर्छ ।’
https://twitter.com/HibaBeg/status/1274671056775716865
मनमीतले प्रश्न गरे, ‘त्यसो भए तपाईंको अर्थ यो हो कि मानिसहरु विशेष अधिकार सम्पन्न यसकारण छैनन् किनभने उनीहरु आफ्नो भाग्यका कारण नै गरिब छन् वा यस कारण कि उनीहरुका पिताले कडा मिहिनेत गरेनन् । सायद तपाईंलाई थाहा छैन होला कि हरेक पिताले आफ्नो सन्तानको सुन्दर भविष्यका लागि आफ्नो क्षमता अनुसार कडा मिहिनेत गर्छन् ।’
Today on Father’s Day id like to say one more thing, yes I’m my fathers daughter and yes I am here because of him and yes I’m privileged. That’s not an insult, my father has worked very hard to give me all of this. And it is my karma where I’m born and to whom I’m born. I’m proud
— Sonam K Ahuja (@sonamakapoor) June 21, 2020
सुमिन विश्वकर्माले सुशान्त सिंह राजपूतप्रति इशारा गर्दै लेखे, ‘तपाईंलाई आफ्नो पिताप्रति गर्व हुनुपर्छ तर ती पिताको के स्थिती होला जसलाई आफ्नो छोरामाथि गर्व थियो ? नातावादका कारण बलिउड उद्योगमा बाहिरबाट आइरहेका ट्यालेन्टको बाटो रोकिएको छ ।’
अभिषेक सिंहले कटाक्ष गर्दै लेखे, ‘मलाई एउटा कुरा खुसी लागेको छ, कम्तीमा सोनम कपुरले आफ्ना पिताका कारण कलाकार भएको स्विकार त गरिन् । सार्वजनिक रुपमा यो स्विकार गरेकोमा सोनमको सम्मान गरिनुपर्छ किनभने उनी कत्ति पनि प्रतिभावान छैनन् र उनी आफ्ना पिताको प्रभावका कारण इन्डिष्ट्रिमा छिन् ।’

स्रोतः बीबीसी