वि.सं.२०७७ असार- १०,बुधवार, ई.सं.२०२० जून – २४, शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लाथ्व,प्रमादी,उत्तरायण,ग्रीष्म,आषाढ शुक्लपक्ष तिथि-तृतीया , १०:१२ बजे उप्रान्त चतुर्थी,नक्षत्र-तिष्य , १३:४५ बजे उप्रान्त अश्लेषा,योग-व्याघात , १०:१५ बजे उप्रान्त हर्षण,
करण-गर १०:१२ बजेदेखि वणिज , २१:३१ बजे उप्रान्त वालव,चन्द्रराशि-कर्कट,आनन्दादि योग-मातंग,सूर्योदय-५:११,सूर्यास्त-१९:०१,
दिनमान-३४ घडी ३५ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ,मौन बस्दा राम्रो हुनेछ,सामान हराउने चोरी हुनेछ,आर्थिक क्षेत्रमा खाली हात परियला, आजको शुभ अंक १ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –रचनात्मक भूमिका खेल्नु होला,काम गर्दा चुनौती पूर्ण हुनेछ , मेरो र तेरो भन्दै परिवार भित्रको किचलोले गर्दा अर्काले मौकाको फाइदा लिनेछन,आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –सफलताको लागि निकै मिहेनत गर्नु पर्नेछ,लेनदेन आदिमा सफल भइनेछ,विवीध काममा अवरोध आउनेछ,विवीकले काम गर्नु होला, आजको शुभ अंक ६ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला,परिवार भित्रका सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,उचित सफलता मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ,चुनौतीभित्र अवसर खोज्ने समय छ,साँझदेखि आकस्मिक खर्च बढ्ने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ,सरकारी कामकाजमा समस्या आउनेछ,रमाइलो जमघटमा सहभागी भइनेछ, आजको शुभ अंक १० रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – दैनिकी आहारविहारमा सचेत रहनुहोला,बोलिमा सुधार गर्नु होला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला,आफन्त बाट विषेश सहयोग मिल्नेछ,विवेक पूर्ण निर्णय लिनु होला, आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– यात्रामा अप्रिय घटना हुनसक्छ,घमण्ड त्याग गर्नु होला,मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,यात्रा घातक हुने तथा चोट पटक लाग्ने छ, आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – बाद विवादले गर्दा मुद्दा मामिला परिनेछ,आफन्त संग चनाखो रहनु होला,भौतिक रुपमा सफल भइनेछ,कान, पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,अरूको विश्वासमा पर्दा धोका हुन सक्छ,साथी भाई संग सावधान रहनु होला, आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – स्वास्थ्य लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,रोजगारीको अवसर मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् । दिब्यज्योतिष बाट साभार



