दमक। झापाको दमकबाट पठाइएका ६१ जनाको स्वावको रिपोर्ट आज आउँदैछ । उनिहरुमा कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि विराटनगर स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो ।
दमकका २ क्वारेन्टाइन सहित ६१ जनाको रिपोर्ट आज आउने दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
वहाँका अनुसार ३८ जना पुरुष र २३ जना महिलाको स्वाव पठाइएको थियो । स्वाव पठाइएकामा दमकको मानसरोबर क्वारेन्टाइनका ३० पुरुष, होम क्वारेन्टाइनका ६ पुरुष, आम्दा अस्पतालको आइसोलेशनमा रहेका एक पुरुष छन् ।
त्यस्तै मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनका २२ महिला र एक जना होम क्वारेन्टाइनमा रहेकी महिला रहेको सदस्यसचिव भट्टराईले सवाल नेपाललाई जानकारी दिनु भयो । सबै स्वाव परीक्षणको लागि विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।



