दमक। झापाको दमकमा स्वाव संकलन शुरु भएको छ । आज ३५ जनाको स्वाव संकलन गरिने जनाइएको छ । स्वाव संकलनपछि उनीहरुमा कोरोना भाइरस संक्रमण भएको छ छैन, सोको परिक्षण गर्न स्वाव विराटनगर पठाइने छ । तीन दिन अघि ६१ जनाको स्वाव संकलनगरि परीक्षणका लागि पठाइएकोमा हिजो आएको रिपोर्टमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
आज दमकका दुई क्वारेन्टाइनमा र होम क्वारेन्टाइनमा बस्दै आएकाको स्वाव संकलन गरि पिसीआर टेष्टका लागि पठाइने दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।
वहाँका अनुसार दमकको मिष्ट कलेजको मानसरोबर क्वारेन्टाइनका र मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा विदेशबाट आएर बस्दै गरेकाको स्वाव संकलन गरिने छ । ३५ जनाको भनिएपनि केहि संख्या थपघट हुनपनि सक्ने वहाँले बताउनु भयो । परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइने छ ।



