बागलुङ। बागलुङमा समुदायमा नै कोरोना संक्रमण देखिएको छ । आज जिल्लाको काठेखोला गाउँपालिकामा क्वारेन्टाइन बाहिरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको अमर माविमा निर्माण गरेको क्वारेन्टाइनमा काम गर्ने दुई जना र एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
संक्रमण देखिनेमा क्वारेन्टाइनमा काम गर्ने कामदार र सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि कोरोना समुदायस्तरमै फैलिएको पुष्टि भएको हो । समुदायमा नैै संक्रमण देखिएपछि जनमानसमा त्रास पैदा भएको छ भने जिल्लामा संक्रमणको जोखिम बढ्दै गएको छ ।



