काठमाडौं – नेपालमा मंगलबार थप ३ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ३ सय १६जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा २ सय ४५ जना पुरुष र ७१ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । कुल संक्रमितहरूमा १ हजार ६ सय ५७ जना महिला छन् भने ११ हजार ९ सय ७ जना पुरूष रहेका छन् ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १ सय ९४ रहेको छ । त्यसमा २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah