दमक। झापाको गौरादह नगरपालिकाबाट पिसीआर परीक्षणका लागि आज ८७ जनाको स्वाव संकलन गरिएको छ । स्वाव संकलन गरिएकामा ७१ पुरुष छन भने १६ जना महिला छन् । उनीहरु क्वारेन्टाइन र होम क्वारेन्टाइनका हुन् ।
क्वारेन्टाइनमा भएकाहरुमा अमर मावि क्वारेन्टाइनका २१ जना, जनता मावि क्वारेन्टाइनका १६ जना, जुरोपानी स्वास्थ्य चौकी क्वारेन्टाइनका १३ जना र प्रगति मावि क्वारेन्टाइनका ९ जना छन् ।
बाँकी जनप्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी र क्वारेन्टाइनका भान्सामा काम गर्ने छन् । परीक्षणका लागि स्वाव प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । रिपोर्ट सम्भवत पर्सी आउने बताइएको छ । गौरादहका ६ वटा क्वारेन्टाइनमा आज एक सय २२ जना छन् ।



