केही वर्षअघि नायिका जिया खानको मृत्युपछि विवादमा घेरिएका सुरज पंचोली एकपटक पुनः विवादित बनेका छन् । सुशान्त र उनकी पूर्व म्यानेजर दिशा सालियानको आत्महत्यामा सुरजको नाम मुछिएको छ । भारतीय मिडियामा प्रकाशित विभिन्न खबरका अनुसार दिशा र सुरज सम्बन्धमा थिए । दिशा गर्भवतीसमेत भएकी थिइन् तर सुरज उनीसँग विवाह गर्न चाहँदैनथे ।

खबरमा बताइए अनुसार यसबारे सुशान्तलाई थाहा भएपछि उनले दिशालाई समर्थन गर्ने कोसिस गरे । सुरजको पर्दाफास गर्ने कोसिस गर्न थाले । यो विषयमा सुरजसँग उनको हातपात पनि बताइन्छ।

पछि बदलाको भावनाले सुरजको परिवारले सलमान र अन्डरवर्ल्डसँग मिलेर सुशान्तको हत्या गरिदिएको र अब शक्तिको प्रयोग गरेर यसलाई आत्महत्याको रुप दिइएको आरोपमा उल्लेख छ । यो थ्योरीलाई विश्वास गर्ने हो भने दिशाको आत्महत्याको विषयमा पनि प्रश्न उठाइएको छ । दिशाले १४ औं तल्लाबाट हाम फालेर आत्महत्या गरेकी थिइन् वा कसैले उनलाई धक्का दिएको थियो भनेर प्रश्न सोधिँदै छ ।

यी सबै आरोपबारे सुरजले आफ्नो स्पष्टिकरणमा भने, ‘मलाई थाहा छैन कि सुशान्तसँग कुन चाहिँ हातपातको कुरा भइरहेको छ रु उनीसँग मेरो कुनै पनि विवाद भएको छैन । यसबारे मैले पहिले नै स्पष्ट गरेकी छु । दोस्रो कुरा के हो भने सलमान खान मेरो जीवनमा किन संलग्न हुने ? के उनीसँग अर्को काम छैन रु ’

‘मलाई थाहा छैन कि दिशा को हुन् रु मैले उसलाई कहिले पनि भेटेकी छैन । सुशान्तको मृत्युपछि मात्रै मलाई उनीबारे थाहा भएको हो र दुबैको परिवारका लागि मलाई निकै नराम्रो लाग्यो । कसैले यो बकवासलाई आफ्नो नीजि फेसबुकमा लेखे । यसलाई एउटा फिल्मको स्क्रिप्टको रुपमा बनाइयो र भाइरल गर्न सुरु गरियो ।’

भाइजस्तै व्यवहार गर्थे सुशान्तः

सुरजले थपे, ‘हामी दुईबीच कहिले पनि केही दुश्मनी भएको थिएन । उनी मभन्दा सिनियर थिए र धेरै नै सफल पनि । म त उनको वरिपरि पनि थिइनँ । म नै उनको लिगमा थिएँ । मलाई उनको टाढाटाढासम्म पनि खतरा थिएन । उनले मलाई भाइजस्तो व्यवहार गर्दथे । हाम्रो जतिबेला भेट हुन्थ्यो तब हामी फिल्मबारे वा मेरो फिटनेस बारे कुरा हुन्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah