एजेन्सी । चीनको राजधानी बेइजिङ नजिकैको सिनफादी बजारमा देखिएका कोरोना भाइरस सङ्क्रमित विरामीको उपचारमा चिनियाँ परम्परागत चिकित्सा प्रणाली (टीसीएम)ले महत्वपूर्ण भूमिका खेलेको टीसीएम विधिबारे जानकार प्रसिद्ध एक चिकित्सकले बताएका छन् ।

परम्परागत चिकित्सा प्रणालीको विज्ञहरूको समूहले सङ्क्रमण रहेका तर लक्षण नदेखिएका र हल्का खालका लक्षण देखिएका विरामीको उपचारमा टीसीएम विधिको प्रयोग गरी उपचार गरिएको थियो भने जटिल वा गम्भीर खालका समस्या रहेका सङ्क्रमितको उपचारमा टीसीएम तथा पश्चिमी (आधुनिक) चिकित्सा प्रणालीको संयोजन र परामर्शबाट उपचार गरिएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउ किङकुआनले बताए ।

कोभिड–१९ को चीनमा देखिएको पछिल्लो सङ्क्रमण श्रृङ्खला अन्तर्गत ३३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको जुन ११ देखि जुलाई ४ सम्म बेइजिङको दितान अस्पतालमा उपचार भएको थियो ।
उक्त उपचारका लागि बेइजिङका अन्य अस्पतालबाट १०८ चिकित्सकले सङ्क्रमितलाई सेवा प्रदान गरेका थिए ।

लिउका अनुसार कोभिड–१९ सङ्क्रमित १० बिरामीमध्ये सात जना बिरामी शनिबार निको भएका र यसमा टीसीएमको प्राथमिक उपचार विधिको प्रयोग भएको थियो । लक्षण नदेखिएका वा सामान्य विरामीको उपचारका लागि चिकित्सकले ज्वरो नियन्त्रण, सङ्क्रमणलाई प्रभावहीन पार्न विषाक्त तत्वलाई निस्क्रिय पार्न वा रगतलाई चिसो पार्नका लागि परम्परागत प्रविधिबाट बनेका चिनियाँ औषधिहरू ‘चिन्हुवा किङगान ग्रानुल, यिन्दान चेइदु ग्रानुल र हुओसिआन झेङकी क्यापसुल’ को प्रयोग गरिएको लिउले बताए ।

यसबाहेक जटिल प्रकृतिका पाँच र गम्भीर २१ सङ्क्रमितलाई टीसीएम र आधुनिक चिकित्सा‘कोभिड–१९ सङ्क्रमितको उपचारमा टीसीएम विधि प्रभावकारी’ प्रविधिको संयोजनबाट उपचार भएको उनले बताए । कोभिड–१९सङ्क्रमित गम्भीर विरामीमध्ये एक जना निको भएको र तीन जनालाई कृतिम श्वासप्रश्वास सहयोग दिइएको अवस्थाबाट सामान्य अवस्थामा ल्याउन सफल भएको र एक जनालाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजन (ईसीएमओ) थेरेपी’बाट फिर्ता ल्याइएको टीसीएमको बेइजिङ अस्पतालका प्रमुख लिउले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah