वि.सं. २०७७ असार- २६,शुक्रवार,ई.सं. २०२० July-१०,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,उत्तरायण,ग्रीष्म,श्रावण कृष्णपक्ष तिथि-पञ्चमी , ११ :२१ बजे उप्रान्त षष्ठी,नक्षत्र-पूर्वभाद्रपदा , २९:५९ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-सौभाग्य , २१:३५ बजे उप्रान्त शोभन,करण-तैतिल ११:२१ बजेदेखि गर , २४:०७ बजे उप्रान्त वव,चन्द्रराशि-कुम्भ,आनन्दादि योग-ध्वांक्ष, सूर्योदय-५:१७, सूर्यास्त-१९:०१,दिनमान-३४ घडी २० पला,पञ्चक। कृष्ण प्रणामी वितक कथा प्रारम्भ। मधुश्रावणी पर्व प्रारम्भ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन, विरोधीहरु बढ्नेछन्, आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – कृषि, मन मिल्ने साथी संग भेट हुनेछ,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने छ,कार्य सफलता मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ, धेरै बोल्दा बिबाद पारिनेछ, आजको शुभ अंक १ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नुहोला,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सामाजिक कार्य सफल भइनेछ,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,उधोग क्षेत्रमा गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ, आजको शुभ अंक ३ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– आफन्त संग चनाखो रहनु होला,अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ,आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्, आजको शुभ अंक ५ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – यात्रामा अप्रिय घटना हुनसक्छ,समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ,यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ, आजको शुभ अंक १० रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,चुनौतीभित्र अवसर खोज्ने समय छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ, आजको शुभ अंक ८ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – झुटो आरोप लाग्न सक्छ,बोलीमा सुधार गर्नु होला,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, कार्य सफलता मिल्नेछ,आजको शुभ अंक २ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– नसोची बोल्ने बानीले काम बिग्रिनेछ,बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ, आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,धार्मिक क्षेत्रमा कामको अवसर पाइनेछ,बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ, आजको शुभ अंक ७ रहेको छ ।



