गौरादह।  गौरादहका ४ वर्षीय बालकले पनि कोरोना जितेका छन् । उनले शुक्रबार कोरोना जितेका हुन् । उनीसँगै आज ५ जनाले कोरोना जितेका छन् । योसँगै गौरादहका कोरोना संक्रमण पुष्टि भएका ९ जनाले कोरोना जितेका छन् ।

आज थप ५ जनाले कोरोना जितेर घर फर्किएसँगै गौरादहका कोरोना जित्नेको संख्या ९ पुगको हो । कोरोना भाइरस संक्रमण पुष्टि भइ कोभिड अस्पताल पठाइएका मध्ये शुक्रबार ५ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य शाखाका सह–संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो ।

आज घर फर्किनेमा ४ वर्षीय बालक, ९ वर्षीया बालिका, २७ र ३२ वर्षीया महिला तथा ४७ वर्षीया पुरुष छन् । ४ वर्षीय बालक र ४७ वर्षीय पुरुष गोठगाउँ स्थित पुर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालबाट फर्किएका हुन् भने अन्य धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालबाट फर्किएका हुन् ।

गौरादहमा अहिले सम्म १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये अब कोरोना जित्न ३ जना बाँकी छन् । त्यस्तै आज गौरादहको क्वारेन्टाइनमा तेश्रो मुलुकबाट ७ जना आएका छन् ।

उनीहरुलाई जनता माविको क्वारेन्टाइनमा राखिएको छ । यस्तै स्कुल चौन माविको क्वारेन्टाइनमा ३४ जना छन भने कृषी क्याम्पसको क्वारेन्टाइनमा २४ जना छन् । आज थपिएका ७ जना नै पुरुष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah