दमक। झापाको कमल गाउँपालिकाका १९ जना कै पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न मुलुकबाट आएर क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई घर पठाइएको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यका इन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार पीसीआर नेगेटिभ आएर घर जानेमा १६ पुरुष र ३ महिला छन् । कमलको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा रहेका ४९ जना मध्ये १९ जनाको पीसीआर परीक्षणका लागि स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो । १९ जना घर गएसँगै कमलको क्वारेन्टाइनमा २४ पुरुष र ६ महिला गरी ३० जना छन् ।



