वि.सं.२०७७ असार- ३१,बुधवार, ई.सं. २०२० July – १५,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,उत्तरायण,ग्रीष्म ,श्रावण कृष्णपक्ष तिथि-दशमी , २०:३३ बजे उप्रान्त एकादशी,नक्षत्र-भरणी , १६:०२ बजे उप्रान्त कृत्तिका,योग-शूल , २४:२० बजे उप्रान्त गण्ड, करण-वणिज ०७:४३ बजेदेखि भद्रा , २०:३३ बजे उप्रान्त कौलव,चन्द्रराशि-मेष,आनन्दादि योग-काण,सूर्योदय-५:१९,सूर्यास्त-१८:५९, दिनमान-३४ घडी ११ पला,सर्वार्थसिद्धि योग २०:३३ बजेपछि। आषाढ मसान्त।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – बोलीको गलत अर्थ लाग्नाले पारिवारिक विवाद बढ्ने छ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन, लेनदेनमा विवाद हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –स्वाथ्यमा समस्या हुनाले यात्रा गर्दा विचार गर्नु होला,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आर्थिक क्षेत्रमा सफल भइनेछ, आजको शुभ अंक ९ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,बोलीमा सुधार गरि गोपनीयतामा ख्याल गर्नुहोला,शारीरिक मानसिक पिडा हुनेछ, परिवारमा विवाद हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – आर्थिक अभावले गर्दा पारिवारिक विवाद बढ्ने छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, बोलि वचनमा सुधार गर्नु होला, आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ, आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– कृषि,दाजु भाइ बिचमा मन मुटाव हुनेछ,शत्रुहरु हावी हुनेछन,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्,अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ, आर्थिक क्षेत्रमा सफल हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– गलत समाचारले गर्दा मान–सम्मानमा आघात पुग्नेछ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,चुनौतीभित्र अवसर खोज्ने समय छ,खेलकुद क्षेत्रमा सफल भइनेछ, समयले साथ दिनेछ ,आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – यात्रा गर्दा विचार गर्नु होला अप्रिय घटना हुनसक्छ,स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ, सामान चोरि हुने हराउने योग छ,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– स्वार्थमा लोभिने हुदाँ झुटो आरोप लाग्न सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ, कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सत्य वचन तथा दरिलो अडानले गर्दा सफल भइनेछ,आफन्त संग चनाखो रहनु होला,अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन निकै मेहनत गर्नु पर्नेछ, आजको शुभ अंक ७ रहेको छ ।



