काठमाडौं– महानायक बहसमा पछिल्ला केही साता सामाजिक सञ्जाल राम्रैसँग रंगिएकाे छ । कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा राजेश हमाल महानायक हुन् र भन्ने आशयको अभिव्यक्ति दिएपछि सुरु भएको बहस केवल बहसमा मात्रै सीमित रहेन । दीपाको सोही अभिव्यक्तिलाई लिएर उनको चरित्र हत्या गर्ने खालका कमेन्टहरु सोसल मिडियामा निकै आए ।

धेरैले राजेश हमाल महानायकनै हुन भन्ने प्रतिकृया दिए भने केहीले सबैले मान्नै पर्छ भन्ने नभएको उल्लेख गरे । तर, अभिनेता हमाल भने मौन थिए । हमालको मौनता मंगलबार मध्यरातमा तोडिएको छ ।

हमालले फेसबुक लाइभमा आएर कलाकार दीपाश्री निरौलालाई माफी दिन आफ्ना प्रशंसकसँग आग्रह गरेका छन् । हमालले भनेका छन्, ‘मेरो अनुरोध छ कि यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला ।’

कलाकारलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गर्न आग्रह गर्दै हमालले अगाडी भनेका छन्, ‘मलाई लक्षित गरेर कसैले आफ्नो भनाइ राख्नुभयो । भनाइ सुनिसकेपछि ठाडो प्रतिक्रियाहरु आएका छन् । तर, अर्को तहबाट हेर्दा, हामीले हेर्यौ भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस् या कुनै विशेष रुचिले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्ति सार्वजनिक स्थलमा राख्नुहुन्छ भने एक्कासि झट्ट प्रतिक्रिया दिँदा सम्बन्धित व्यक्तिको मानवतामा आँच आउने, आघात पुग्ने र चोट लाग्ने कार्य गर्नु सही होला र ?’

हमालले आफ्ना शुभचिन्तकलाई मानवताका लागि कसैको मानवताको आँच नपुग्ने गरी अभिव्यक्ति प्रकट गर्न आग्रह गरेका छन् ।

https://www.facebook.com/sawaalnepal/videos/1068922276843005/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah